८ श्रावण २०८३, शुक्रबार
,
Latest
दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि नेपालले युएईको सामना गर्दै



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत आज शुक्रबार नेपालले युएईको सामना गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८ः१५ बजे सुरु हुनेछ ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।

युएई समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।