काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेकपा एकीकृत समाजवादीको समर्थन नरहने भएको छ ।
बाग्मतीमा नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका १३ सांसदको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।
बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।