२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू अब एक्लिदै जाने हो कि भन्ने प्रचण्डको चिन्ता



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताउनु भयो । आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘कहिलेकाँही म पनि यस्तै हुँदो रहेछ । १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईहरु यो पनि चिन्तनमनन गरिदिनुहोला । नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंशा खोजेको कुरो हो र  ? यो ।’

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहोर्याउनु भयो ।