१७ असार २०८३, बुधबार
,
Latest
कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक सम्पदाको प्रवद्र्धन गरी पर्यटक आकर्सित गर्नुपर्छ : प्रदेश प्रमुख अधिकारी



अ+ अ-

मोरङ । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले यस क्षेत्रमा रहेका प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताउनुभयो ।

मोरङको लेटाङ नगरपालिकामा अस्थिति राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आज अवलोकन गर्दै यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेशको पहिचानको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुका साथै यस्ता मौलिक क्षेत्रको उचित प्रचारप्रसारमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख अधिकारीलाई यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक सम्पदाका सम्बन्धमा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई, उपप्रमुख कृष्णकुमारी पोखरेल, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले जानकारी गराउनुभएको थियो ।




भर्खरै