२५ भाद्र २०८३, बिहीबार
,
Latest
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन



अ+ अ-

काठमाडौं । प्रदेश १ प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । 

नेकपा एमाले विभाजित भई बनेको नेकपा (एस)को सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले नेता चयन गरेको हो ।

राई नेता चयन भएसँगै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णयसमेत गरेको छ । नेकपा (एस)ले आचार्य सरकारलाई समर्थन नरहेको पत्र सोमबारै प्रदेश प्रमुखलाई बुझाउने पनि बताएको छ ।

जसअनुसार नेकपा एसले समर्थन नगरेपछि आचार्य सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्यीय कायम छ। एमालेका ५१ सदस्य रहेकोमा १० जना नेकपा (एस)मा गएपछि उसँग अब ४१ सदस्यमात्र भएका छन् । त्यसमध्ये एकजना सभामुख र एकजना निलम्बनमा रहेकाले मतदान गर्न पाउने एमाले सांसदको संख्या ३० मात्र छ ।

यस्तै कांग्रेसको २१, माओवादी केन्द्रको १५ र जनता समाजवादीसँग ३ सिट रहेको छ ।