९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो ।  त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका सङ्क्रमित मध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए । 

भारतमा सोमबार बिहानसम्ममा कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ सङ्क्रमित थपिएका हुन । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् । 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा ३७ हजारभन्दा बढी सङ्क्रमितहरु घटेका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी फरक परेको छ ।   

भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा पनि कमी आएको छ  । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो । (रासस,एएनआई)