२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल पुनर्गठनको हलो अर्थमन्त्रीमा अड्कियो



अ+ अ-

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन हुने व्यापक चर्चा भए पनि अहिलेसम्म पुनर्गठन हुनसकेको छैन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई लैजाने निर्णय नै गरिसकेको छ ।

एकीकृत समाजवादीका तर्फबाट मन्त्रिपरिषद्मा रहेका चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई समावेश गर्ने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिए पनि उहाँले अहिलेसम्म मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छैन ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मानिसमार्फत राजश्वका दरहरु हेरफेर गरेको विषयले नेकपा (माओवादी केन्द्र) मा पनि अर्थमन्त्री फेर्नुपर्ने बहस चलेको छ । शृंखलाबद्ध विवादास्पद काम गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएपछि संसद्मा उनको राजीनामाको कुरा पनि उठेको थियो ।

बालुवाटार स्रोतका अनुसार वास्तवमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्न नखोज्नुभएको होइन । तर मन्त्रिमण्डल पुनर्गठनको हलो उनै अर्थमन्त्री शर्मामा अड्किएको बताइएको छ । प्रधानमन्त्रीले अर्थमन्त्री शर्मालाई हटाएर सो मन्त्रालयको जिम्मेबारी नेपाली कांग्रेसले लिने बताउनुभएपछि मन्त्रिमण्डल पुनरगठनमा ढिलाइ भएको हो ।

शर्माले अर्थ मन्त्रालय सम्हाल्न नसकेको भन्दै नेपाली कांग्रेस पार्टीभित्र अब अर्थ मन्त्रालय कांग्रेसले नै राख्नुपर्ने व्यापक माग उठेको छ । यद्यपि प्रधानमन्त्री देउवाले सकेसम्म अर्थमन्त्रीमा शर्मालाई नै राख्ने मनसाय बनाउनुभएको छ ।

तर सार्वजनिक विवादमा तानिइसकेका अर्थमन्त्री शर्माको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले विरोध गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनरगठन गर्दा अब अर्थ मन्त्रालय कांग्रेसले राख्ने बताउनुभएको बालुवाटार स्रोतले बतायो ।

माओवादी केन्द्रले भने अर्थ मन्त्रालय कांग्रेसले राख्ने भनेपछि असहमति जनाएको छ । गृह मन्त्रालय पनि र अर्थ मन्त्रालय पनि कांग्रेसले राख्न नमिल्ने भन्दै पुनरगठन गर्ने नै भए सत्ताधारी दल सबैबाट पुनरगठन गर्नुपर्ने माग माओवादी केन्द्रको छ ।

यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई लैजान तीव्र दबाव दिनुभएको छ । सोही अनुसार पार्टीले निर्णय गरी प्रधानमन्त्रीलाई नयाँ नाम पनि दिइसकेको छ । तर अर्थमन्त्री शर्माकै कारणले मन्त्रिमण्डल पुनरगठनमा ढिलाइ भइरहेको हो ।

अब अर्थमन्त्रीमा गएर अड्किएको हलो खुल्ने समयावधिले नै मन्त्रिमण्डल पुनर्गठनको पनि समय निर्धारण हुने देखिएको छ ।