१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

अखिल क्रान्तिकारीले उपाध्यक्ष कार्कीसहित नौ जनालाई गर्यो निलम्बन

अखिल क्रान्तिकारीले उपाध्यक्ष कार्कीसहित नौ जनालाई गर्यो निलम्बन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनलाई निलम्बन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्की र आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनमा परेका सदस्यहरुमा बसन्ता भण्डारी, पदम नेपाली, बालकुमार केसी, उपदेश यादव, रमेश खड्का, समीर बुढाथोकी, रविन बस्नेत र सञ्जिव चौधरी रहेका छन् ।

६ असार, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।

बैठकले उपाध्यक्ष कार्कीसहित सबै नौ जनालाई अनुशासन विपरीत काम गरेको भन्दै अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । कार्की समूहले बैठकमा विधि विधान विपरीत जिम्मेबारी बाँडफाँटसहितका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । सो क्रममा हात हालहालको स्थितिसमेत बनेको थियो । बैठकस्थल तनावपूर्ण भएको थियो ।

बैठकले १२ लाख सदस्यता वितरण गर्ने र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्यसहितको अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । यसका लागि तीन महिना अभियान चलाइने भएको छ ।

यसैबीच अखिल क्रान्तिकारीले १९९ जना केन्द्रीय सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । नयाँ थपिएका केन्द्रीय सदस्यहरुको आजै शपथ ग्रहण हुनेछ ।