२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीले उपाध्यक्ष कार्कीसहित नौ जनालाई गर्यो निलम्बन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनलाई निलम्बन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्की र आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनमा परेका सदस्यहरुमा बसन्ता भण्डारी, पदम नेपाली, बालकुमार केसी, उपदेश यादव, रमेश खड्का, समीर बुढाथोकी, रविन बस्नेत र सञ्जिव चौधरी रहेका छन् ।

६ असार, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।

बैठकले उपाध्यक्ष कार्कीसहित सबै नौ जनालाई अनुशासन विपरीत काम गरेको भन्दै अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । कार्की समूहले बैठकमा विधि विधान विपरीत जिम्मेबारी बाँडफाँटसहितका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । सो क्रममा हात हालहालको स्थितिसमेत बनेको थियो । बैठकस्थल तनावपूर्ण भएको थियो ।

बैठकले १२ लाख सदस्यता वितरण गर्ने र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्यसहितको अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । यसका लागि तीन महिना अभियान चलाइने भएको छ ।

यसैबीच अखिल क्रान्तिकारीले १९९ जना केन्द्रीय सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । नयाँ थपिएका केन्द्रीय सदस्यहरुको आजै शपथ ग्रहण हुनेछ ।