२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस तनहुँको निर्वाचन असार १३ गते



अ+ अ-

दमौली । तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ ।

असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा (माओवादी केन्द्र)को चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको छ । कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ । कांग्रेसले पाँच पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले चार पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ ।