१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

एसपीपीमा नेपाल सहभागि हुँदैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ – कमल थापा

एसपीपीमा नेपाल सहभागि हुँदैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ – कमल थापा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागि नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कुनैपनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागि हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो । अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालको भुराजनीतिक संवेदनशिलतालाई दृष्टिगत गर्दै नेपालले कुनैपनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागि हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउनको निमित्त म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहान्छु । यस सम्बन्धमा अहिले जुन किसिमको चर्चा चलिराखेको छ, जुन किसिमको विवादहरु चलिराखेको छ । यो विवादको निराकरण चाँडोभन्दा चाँडो गरिनुपर्दछ । यसले हाम्रो परराष्ट्र नीतिको विश्वसनीयता माथि नै संकट उत्पन्न गरिदिएको छ ।

सरकारको अर्कमण्यता, कुटनीतिक नेतृत्वको असक्षमताको कारणले गर्दाखेरी अन्तर्राष्ट्रिय जगतमा नेपाल बदनाम हुँदै गइराखेको छ । खासगरी यो एसपीपीको बारेमा म प्रधानमन्त्रीलाई ध्यानआकर्षित गराउँदै भन्न चाहान्छु, सर्वप्रथम यथासम्भव चाँडो नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा अमेरिकी सरकारलाई पत्र लेखेर हामीलाई यो एसपीपी आवश्यक छैन । एसपीपीबाट अलग हुन चाहान्छौ भन्ने पत्र तत्काल लेख्नको निमित्त म आग्रह गर्न चाहान्छु । एसपीपीमा नेपाल सहभागि भयो वा भएको छैन यसबारेमा अनेकौँ किसिमका आशंकाहरु छन् । विवादहरु छन् । यसका निराकरणका निमित्त पनि सरकारले यथासम्भव चाँडो अमेरिकी सरकारलाई पत्र पठाएर यसबाट आफुलाई अलग राख्नुपर्दछ ।’

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको बताउनुभयो । उहाँले नेपालको दुवै छिमेकी मुलुकहरु चिन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताउनुभयो । सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उहाँको भनाई छ । उहाँले छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिदैँ छिमेकीहरुलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल केन्द्रको रुपमा देखापर्न थालिराखेको छ । हाम्रा दुवै छिमेकी मुलुकहरुसँगको सम्बन्ध अहिले राम्रो अवस्थामा छैन । उत्तरी छिमेकी चिन वर्तमान सरकारको क्रियाकलापहरुको कारणले गर्दा नेपालमाथि आशंकाको दृष्टिकोणले हेरिराखेको छ । भारतले नेपाललाई विश्वास गरिराखेको छैन । यस्तो अवस्थामा दुवै छिमेकीसँग सम्बन्ध बिगारेर नेपालको बृहत्तर आर्थिक साथसाथै सुरक्षाको मामिलामा पनि सरकारले जटिल अवस्थाको सिर्जना गरिराखेको छ । छिमेकी मित्र राष्ट्रहरु सँगको सम्बन्धलाई सुदृढ गर्नको निमित्त छिमेकीहरुलाई चिढ्याउने काम नगर्नको निमित्त पनि म सरकारलाई आग्रह गर्न चाहान्छु ।’

अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गर्नुभयो । उहाँले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।

उहाँले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गर्नुभयो । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणबाट आपत्तिजनक भएको उहाँको भनाई छ ।