२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीप्रति बफादार नहुने एमालेको कार्यकर्ता हुन सक्दैनः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संघर्षको निर्णायक विन्दूमा रहेको अवस्थामा पार्टीप्रति बफादार नहुने एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिँदै उनले सो कुरा बताएका हुन् ।

ओलीले भने ‘यस्तो पार्टी जो संघर्षको यस्तो विन्दूमा छ जुन निर्णायक विन्दुमा । यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने यो कुरा कल्पना पनि गर्न सकिन्न, एमालेले कल्पना गर्न नसक्ने कुरा के हो भने हाम्रो जस्तो पार्टीप्रति निष्ठा रहँदैन, बफादार रहँदैन भने त्यो पार्टी कार्यकर्ता हुन सक्दैन ।’

पार्टीभित्र बसेर पार्टीलाई खुइल्याउने, पार्टीको प्रभाव कम पार्ने, त्यो पार्टीको नेता–कार्यकर्ता केही पनि नहुने उनले बताए ।

यस्तै, ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि आफूले पार्टीलाई एकढिक्का बनाएको दाबी गरे ।