• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी ★   काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख ★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी

एमसीसी आईपीएसकै अंग भएको वामदेवको दाबी



काठमाडौँ । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) कै अंग भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उहाँले एमसीसी आईपीएसकै अंग भएको जिकिर गर्दै नेपाललाई प्रतिबद्ध बनाउन र देशव्यापी विरोधलाई मत्थर पार्न मात्र १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको बताउनुभयो ।

एमसीसीले नेपाललाई नैतिक बन्धनमा राख्ने तर अमेरिकालाई कुनै नैतिक बन्धन नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा जे गर्नु नपर्ने काम हुन्छन् त्यस्ता काम मात्र गर्ने चरित्र रहेको आरोप लगाउनुभयो ।

एमसीसी सम्झौता गर्न नहुने थियो तर देउवाले गराएरै छाड्नुभयो भन्दै नेता गौतमले अहिले पनि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा पनि उहाँ तयार भइसक्नुभएको बताउनुभयो । यस्ता कार्यले स्वयं प्रधानमन्त्री देउवालाई मात्र नभएर नेपाली कांग्रेसलाई पनि नोक्सान हुने उहाँको भनाइ थियो ।

जे जस्तो सहायता आउँछ त्यसमा सहमति जनाइहाल्ने स्वभाव प्रधानमन्त्री देउवामा रहेको उहाँले बताउनुभयो । संसद्मा समयमै कुरा उठेकाले मात्र एसपीपीबाट नेपाल जोगिएको उहाँले बताउनुभयो ।