५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः कम्युनिष्ट एकीकरण अभियानमा लाग्ने वामदेवको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टीहरुको एकीकरण प्रयासमा आफू पुनः जुट्ने घोषणा गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेता गौतमले केही समयमा घोषणा गरेर नै एकीकरण प्रयासमा लाग्ने बताउनुभयो ।

एकीकरण भइसकेको कम्युनिष्ट पार्टी तीन टुक्रा भइसकेको उल्लेख गर्दै उहाँले आफूले पुनः कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसाय बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकरण प्रयास सफल हुन्छ/हुन्न थाहा छैन ।”

नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि आफू कुनै पनि पार्टीमा नरहेको उहाँको भनाइ थियो । कम्युनिष्टहरु एक हुनुपर्ने आफ्नो विचार रहेको उहाँले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर नै आफूले कुनै पनि कम्युनिष्ट पार्टीका नेताको आलोचना नगरेको गौतमको भनाइ थियो ।