१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

अर्थमन्त्रीसँग मन्त्री आलेको गुनासोः पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट कटौति गरियो

अर्थमन्त्रीसँग मन्त्री आलेको गुनासोः पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट कटौति गरियो
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्व बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गर्नु भएको छ ।

बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटकपटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौति गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिनु भयो । उहाँले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौति भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पार्नु भयो ।

अर्थ मन्त्रालयले बजेट कटौति गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताउनु भयो । उहाँले भन्नु भयो, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत वृद्धि भएको छ । तर मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साँढे १० अर्व बजेट कटौति भएको अवस्था छ । मैले पटकपटक माननीय अर्थमन्त्रीजीलाई भने–माननीय ज्यूहरुको विभिन्न खालका जिज्ञासाहरु छ । बजेट कटौति गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौति भएका छन ।

मैले भन्नैपर्छ दुःखका साथ । त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु । विभिन्न पुरातात्विक महत्वका आयोजनाहरु, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने कुराहरु होस् । पर्यटकलाई भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ । तर बजेट अभाव भयो । हाम्रो साँढे १० अर्ब बजेट न्यून छ । बजेटको सिलिङबाट हटाइएको छ । कम्तिमा पाँच अर्व मात्रै दिएको भएपनि । २० लाखको हामी २५ वटा योजना लागू गर्न सक्थ्यौं । तर भएन । यसो भएको हुनाले म माननीयज्यूहरुलाई के अनुरोध गर्न चाहन्छ भन्दा विगतमा जतिपनि आयोजनाहरु थिए । त्यसले निरन्तरता नपाउँदा तपाईहरुले गुनासो म समक्ष राखेको कुरा मैले यसलाई सहज रुपमा लिएको छु ।’

मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताउनु भयो ।