१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

चक्रपथ निर्माणका लागि अहिले कुनैपनि काम भइरहेको छैनः मन्त्री झाँक्री (भिडियोसहित)

चक्रपथ निर्माणका लागि अहिले कुनैपनि काम भइरहेको छैनः मन्त्री झाँक्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताउनु भएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले अहिले बनाउने भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो की होइन भन्नेमा अन्योलता रहेको पनि बताउनु भयो । मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको बताउनु भयो । उहाँले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे ३ खर्ब खर्च हुने बताउनु भयो । बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्याधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताउनु भयो । मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा ४ वटा स्याटलाईट सिटी बन्ने भनेपनि बन्न नसकेको बताउनु भयो । उहाँले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गर्नुभयो । त्यसको लागि उत्तरपूर्वी इसान शहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको मन्त्री झाँक्रीले बताउनु भयो । उहाँले बाँकी ३ वटा शहरको सम्भाव्यता अध्ययन कार्य जारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘बाहिरी चक्रपथको बारेमा हामीले धेरै कुरा गरौं । तर बाहिरी चक्रपथको प्रक्रिया केही पनि अगाडि बढेको छैन । जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो । त्यो ठाउँबाट बाहिरीचक्रपथ बन्छकी बन्दैन भन्ने कुरामा सन्धेय छ । चोभारको सुख्खा बन्दरगाहबाट सतुंगलसम्मको ६ किलोमिटर बाटोमा जहाँ बाहिरचक्रपथ भनेर सर्वे गरिएको थियो । त्यो कयौं ठाउँमा सरकारी भवन बनेका छन् । यदि ६ किलोमिटरमा राज्यले मुआब्जा दिने हो भने करिव साढे ३ अर्ब मुआब्जा दिने अवस्था छ । सबै ठाउँमा जग्गाको कित्ताकाट अत्याधिक भएको भएर त्यसको बारेमा पुनः अध्ययनको खाँचो देखिएको छ । काठमाडौं उपत्यकामा चार वटा स्टालाइट सिटि बन्ने भनिएको थियो । यो भन्दा अगाडि गफ धेरै भएको थियो । तर धेरै काम भएको थिइन् । उत्तर पूर्वी इसान शहर त्यहाँको नयाँ शहरको भौतिक योजना स्वीकृत गरेर मन्त्रीपरिषद्ले काम गर्ने प्रक्रियामा छ । त्यही हिसावले नयाँ कार्यक्रमको रुपमा आएको छ । दक्षिण र पश्चिमका तीन वटा नयाँ शहरको अध्ययन जारी छ । त्यो कामको लागि जग्गा रोक्ने काम केही गरेका छैनौं ।’

मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानून चालु आवमा संसदमा ल्याउने तयारी रहेको बताउनु भयो । उहाँले यो कानून बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताउनु भयो । सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्नेकुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं शहरमा सडक एउटाले बनाउने अर्कोले खन्ने फेरि अर्कोले बनाउने यसरी बन्ने खन्ने र पुनः बनाउने जुन प्रवृति छ । यो किन अन्त्य भएन हामी धेरैले उठाएको प्रश्न हो । त्यसको अन्त्यको लागि युटिलिटी करिडोरको कानून चाहिन्छ । त्यो अनुसारको कार्यक्रम चाहिन्छ । त्यही अनुसारको कार्यान्वयन गर्ने एजेन्सी पनि चाहिन्छ । त्यही कारणले यो वर्ष युटिलिटी करिडोरको कानून मन्त्रीपरिषद्मा लानको लागि तयारी अवस्थामा छ । कानून अनुसार यो वर्ष नै केही काम मोडलको हिसावमा गर्न सकिन्छ की भनेर कानूनसँगै कार्यक्रमहरु पनि राखेका छौं । कार्यक्रमहरु कसरी अगाडि बढाउने कानुनले तोके अनुसार हुन्छ । ठूला शहरहरुमा काम गर्न यो कानून निर्माण गर्न लागेका छौं।’

मन्त्री झाँक्रीले नगरविकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगरविकासको काम गर्ने ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले उक्त कानून मन्त्रीपरिषद्बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नगरविकास कोषलाई वित्तीय निगमको हिसावले विकास गरेर करिव २० अर्बको पेडअफ क्यापिटलको ठूलो संस्था बनाउन खोजेको हो । त्यसको कानून पहिले ड्राफ्ट भएको थियो । फाइनल भएको थिएन । त्यो कानून मन्त्रीपरिषद्मा जान तयारी अवस्थामा छ । त्यसले सरकारी निकायहरुबाट पैसा लिएर नगरपालिकाहरुमा लगानी गर्छ । त्यो कुनै निजी कम्पनीमा जाने कुरा होइन । नगरपालिकामा ग्रान्ट मात्रै होइन लगानी हो लगानीको फिर्ता हुनुपर्छ भन्ने हिसावले बनाइएको हो । यो निजी नभएर सरकारी कम्पनी नै हो ।’

मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरुपता ल्याउन नीतिगत व्यवस्था गरिनलागेको पनि बताउनु भयो । उहाँले देशभर करिव ३२ वटा सभाहल निर्माण सम्पन्न हुने क्रममा रहेको र ती सभाहल सञ्चालनमा अन्योलता भएको बताउनु भयो । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गर्नुभयो ।