१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने: कानूनमन्त्री कोइराला

सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने: कानूनमन्त्री कोइराला
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानूनमा संशोधन गरिने बताउनुभयो ।

मन्त्री कोइारालाले न्याय र कानूनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हरेक घरमा नेपालको संविधान उपलब्ध गराउन नागरिक एप्समार्फत् सचेतना विस्तार गरिने र मौलिक हकसम्बन्धी कानून संशोधन वा नयाँ कानून निर्माण गर्नुपरेमा आफ्नो मन्त्रालयले अतिरिक्त बजेटविना आवश्यक सहजीकरण गर्ने अवगत गराउनुभयो । उहाँले हाल ५० भन्दाबढी विधेयक संसद्मा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रुपान्तरण गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताउनुभयो । उहाँले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिगत आग्रहका आधारमा नभई निश्चित निर्देशिका र क्षमताको मूल्याङ्कलनका आधारमा हुनुपर्ने जनाउँदै छूवाछूत हटाउन कानूनको पालनाका साथै सांस्कृतिक रुपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री कोइरालाले जातीय विभेदविरुद्धका कानूनको पालना र ती कानूनकारे सञ्चारमाध्यम, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र निःशुल्क कानूनी सहायत कार्यक्रमलाई गैह्रसरकारी संस्थासँगको पनि सहयोग लिएर प्रभावकारी बनाइने बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले मन्त्री, सांसद् वा जनप्रतिनिधि वा कर्मचारीले दोहोरो सुविधा लिन नमिल्ने कानूनी व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि सम्बन्धित सबैको भूमिका आवश्यक रहेको जनाउनुभयो । सो मन्त्रालयबारे गत जेठ २३ गते प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो ।

मन्त्री कोइरालाको जवाफमा थप स्पष्टीकरण माग गर्दै नेकपा ९एमाले० सांसद् खगराज अधिकारीले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम किन ढिलाइ भयो रु भनी प्रश्न गर्नुभयो भने एमालेका सांसद् कृष्णभक्त पोखरेलले नेपालको संविधानको मुद्रित प्रति नै नेपालका घरघरमा उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद डा शिवमाया तुम्बाफाङ्फेले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत र सर्वोच्च अदालतका फैसलालाई पनि ख्याल गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका सांसद् डिला सङ्ग्रौला पन्तले बलात्कृत महिलाले न्याय पाउन अनशन बस्नुपरेकाले छिटो न्याय दिलाउन आग्रह गर्नुभयो । सोही पार्टीका सांसद् पुष्पा भुसाल गौतमले बलात्कारका घटना बढ्दो भएका अवस्थामा दोषीलाई कारबाही गराउन कानूनमा कहिले संशोधन हुन्छ भनी जिज्ञाशा राख्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले मिटर ब्याज प्रणाली, ढुकुटीजस्ता कार्यले धेरैको घरबार गुमेको भन्दै यस्तो अवस्थालाई कसरी कानूनी नियन्त्रणमा लिने भनेर खुलाइदिन आग्रह गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले अमेरिकी सरकारसँगको एसपिपी सम्झौताबारे स्पष्ट पार्न माग गर्नुभएको थियो ।

निहारिकाको मागप्रति सरकार गम्भीर

काठमाडौँमा नाबालकसहित न्याय मागेर अनशनमा रहेकी महोत्तरीकी निहारिका राजपुतको समस्याका बारेमा सरकार गम्भीर रहेको मन्त्री कोइरालाले बताउनुभयो ।

उहाँले निहारिकाको घटनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको प्रतिक्षा गर्नुपर्ने र अन्य वैकल्पिक समाधानका उपायबारे छलफल गर्न सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।