२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस स्थायी कमिटी बैठकः स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय तिनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समिक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो । सचिवालयको तर्फबाट प्रस्तुत सो समिक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनु भयो ।

उहाँले प्रतिवेदनमा नेताहरुले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढने भन्ने विषयमा छलफल जारी रहेको समेत बताउनु भयो । खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । सम्मानित नेता खनालले भन्नु भयो, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षा बैठक हो यो । समिक्षा सम्बन्धि एउटा प्रतिवेदन तयार भएको छ ।

यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समिक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दाखेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’

बैठक भोली (बुधबार) पनि जारी रहने र निर्वाचनको समिक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकत समाजवादी)ले जनाएको छ ।