५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि प्रदर्शन



अ+ अ-

काठमाडौँ । एक महिला र उनकी छोरीमाथि हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राज्यमन्त्री वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेको भन्दै स्थानीय महिलाहरुले प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोसलुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

वलीलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा वलीमाथि कारवाहीको माग राख्दै स्थानीय महिलाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले वलीमाथि कानूनी माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

स्थानीय महिलाहरुले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई अहिले घोराहीतर्फ लगिएको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय लगिने तयारी गरिएको छ । प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्ने र थप कुरा बुझ्ने भनिए पनि नाराबाजीसहित प्रदर्शन भएपछि तुलसीपुरमा छलफलको वातावरण नबनेको बताएको छ ।

राज्यमन्त्री वली लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर एकराज बस्नेतको घर पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ ।

एकराजकी श्रीमती मीना भण्डारीले राज्यमन्त्री वलीले उनको घरमा आएर एकराज आफ्नो श्रीमान् भएको दाबी गरेको बताइन् । उनका अनुसार आफू र आफ्नी छ वर्षीया छोरीलाई वलीले हातपात गरेकी थिइन् ।

यसैबीच प्रदेश सरकारको राज्यमन्त्रीबाट उनलाई बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।