१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने देव गुरुङको संकेत

असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने देव गुरुङको संकेत
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गर्नु भएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताउनु भयो । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ ? भनि प्रश्न गरेको थिए । आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उहाँको जवाफ थियो ।

नेता गुरुङले भन्नु भयो, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यक्ता अनुसार केन्द्रिय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अव असारको १५ गते केन्द्रिय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ । एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन । राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं । विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले काँग्रेससँग सहकार्य गरेर स्थानी तह निर्वाचनमा जानु परेको हो ।’

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नु भएको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिनु भयो । उहाँले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राख्नु भयो । विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले काँग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरुङले दोहोर्याउनु भयो ।