२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।

एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् । तर, एमालेको आजको बैठक रोक्नुपर्ने मागले एकघण्टा बितिसक्दा पनि बैठक सुचारु हुन सकेको छैन ।

स्रोतका अनुसार एमालेको प्रतिनिधिसभा बैठक स्थगनको प्रस्तावमाथि अहिले नयाँ वानेश्वर स्थित संसद भवनमै छलफल जारी रहेको छ ।

सभामुख अग्नि प्रसाद सपाकोटाको कार्यकक्षमा जारी छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक र कानुन मन्त्री र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी छन् ।

एमालेका प्रमुख सचेतक एवं सांसद विशाल भट्टराईले न्यूजपोलारसँग कुरा गर्दै यस मलको विषयलाई जसरी पनि आजै टुंगो लगाइनुपर्ने बताउनुभयो ।