२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।

एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् । तर, एमालेको आजको बैठक रोक्नुपर्ने मागले एकघण्टा बितिसक्दा पनि बैठक सुचारु हुन सकेको छैन ।

स्रोतका अनुसार एमालेको प्रतिनिधिसभा बैठक स्थगनको प्रस्तावमाथि अहिले नयाँ वानेश्वर स्थित संसद भवनमै छलफल जारी रहेको छ ।

सभामुख अग्नि प्रसाद सपाकोटाको कार्यकक्षमा जारी छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक र कानुन मन्त्री र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी छन् ।

एमालेका प्रमुख सचेतक एवं सांसद विशाल भट्टराईले न्यूजपोलारसँग कुरा गर्दै यस मलको विषयलाई जसरी पनि आजै टुंगो लगाइनुपर्ने बताउनुभयो ।