• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमसीसीको विपक्षमा मतदान गर्छु– भीम रावल



काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । उनले एमसीसीप्रतिको आफ्नो धारणा कायमै रहेको भन्दै विपक्षमा मतदान गर्ने बताएका हुन् ।

यद्यपि उनको पार्टी एमालेले यसअघिको जस्तै सदन अवरोधलाई कायमै राख्ने भएको छ । उनका अनुसार पार्टीले सदन अवरोधलाई जारी राखे पनि उनले एमसीसीको विपक्षमा मतदान गर्नेछन् । “पार्टीले के गर्छ मलाई थाहा भएन, तर म मेरो यसअघिको अडानमा अडिग छु, म एमसीसीको विपक्षमा मतदान गर्छु”, उनले भने । 

उनले एमसीसीलाई व्याख्यात्मक टिप्पणी सच्याउन नसकिने बताए । त्यस्तो टिप्पणीसहितको अनुमोदनले जनतालाई ठग्ने काम हुने उनको भनाइ थियो । उनले ट्विट गर्दै भनेका छन्, “यो महाकाली सन्धिको ‘सङ्कल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।”