५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन गेम्सका लागि महिला भलिबल टोलीले प्रशिक्षण थाल्यो



अ+ अ-

काठमाडौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ ।

भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो ।

कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भएपनि नेपालले सहभागिता जनाउने २३ खेल अन्तर्गत महिला भलिबलको अभ्यासलाई थालेको हो । नेपाली महिला टोलीले एशियन गेम्समा सहभागिता जनाउन लागेको पहिलो पटक हो । यस्तै अन्य खेलको प्रशिक्षणमा सुचारु भइसकेका छन् । महिला भलिबल प्रशिक्षणका लागि राखेपले आफ्ना मातहतका प्रशिक्षकलाई प्रशिक्षण थाल्न निर्देशन दिएसँगै अभ्यास शुरु भएको हो । एशियन गेम्सका लागि राखेपले २५ खेलाडीलाई नियमित प्रशिक्षणमा बोलाएको हो । २५ खेलाडीमध्ये यति बेला १७ महिला खेलाडीले प्रशिक्षण शुरु गरेका छन् । अन्य केही खेलाडी परीक्षा र चोटका कारण उपस्थित छैनन् ।

राखेपले यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि एशियन गेम्समा प्रतिस्ष्पर्धाका लागि पठाउने निर्णय गरेको थियो । महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक), तालिम तथा प्रशिक्षण विभाग प्रज्वलबहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि महिला खेलाडीलाई राखेपको कभर्डहलमा प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षण एक साताबाट सुचारु भएको छ । शुरुवातमा नेपाली महिला टोलीको फिटनेस सुधारका लागि प्रशिक्षक जगदिश भट्टले गृहकार्य गरिरहेका छन् । राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले एशियन गेम्सका लागि घोषणा भएका खेललाई प्रशिक्षण गर्न सिफारिस गरेको थियो । कमिटिको सिफारिस अनुसार राखेपले खेलाडीलाई प्रशिक्षणमा राखेको हो ।

नेपालले एशियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउनेछ ।