२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन हुन्छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरको पहिलो सातामा संघीय र प्रदेशसभाको निर्वाचन हुने बताउनुभएको छ । बर्दियामा आयोजना गरिएको पार्टीको कार्यक्रममा उहाँले सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग आगामी मंसिरमा निर्वाचन गर्नेसम्बन्धमा समझदारी बनेको बताउनुभयो ।

सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता निर्वाचन गर्नेबारे समझदारी भएको छ । उहाँले एकै चरण वा दुई चरणमा निर्वाचन गर्ने भन्नेबारे निर्णय भइनसेको जानकारी दिँदै यद्यपि एकै चरणमा निर्वाचन गर्ने सम्भावना रहेको बताउनुभयो ।

सुरक्षाका दृष्टिकोणले दुई चरणमा निर्वाचन गर्ने भन्ने कुरा आएको भन्दै उहाँले शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।