२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भ्रमण बारे जानकारी गराउन प्रम देउवालाई अन्तर्राष्ट्रिय समितिले बोलायो



file
अ+ अ-

काठमाडौ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आसन्न अमेरिका भ्रमण बारे जानकारी दिन प्रधानमन्त्री शेरवहादुर देउवालाई समितिको बैठकमा बोलाउने भएको छ ।

सोमबार बिहान बसेको समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो । समितिको आज बैठकले अमेरिकी उच्च सैन्य अधिकारीको भ्रमण लगायतका बिषयमा जानकारी गराउन परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बोलाएपनि बिभिन्न कारण देखाउदै मन्त्री खड्का उपस्थित हुनु भएन ।

मन्त्री खड्का उपस्थित नभएपछि समिति सभापति पबित्रा निरौला खरेलले भन्नुभयो ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’