२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु



अ+ अ-

काबुल । उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ मा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको मुजाहिदले ट्वीट गरेका छन्।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन्।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।