२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिकाबीचको खेल ‘टाई’



अ+ अ-

काठमाडौं । प्लेयर अफ दि म्याच घोषित भएका मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल टाई भएपछि नेपालले गुमाइसकेको खेलमा अंक जोड्न सफल भएको हो ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । यस्तै कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडेका थिए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा पवेलियन फर्किंदा अमेरिका नेपालले बनाएको स्कोरमा नै खुम्चिएको हो ।

बलिङतर्फ सिनियर टोलीमा डेब्यु गरेका आदिल अलामले ३ विकेट निकाले । जितउन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा २ विकेटसहित उत्कृष्ट बलिङ गरेका हुन् । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल टाइ गराए । सोही ओभरमा नो बल भएको अवस्थामा पनि अमेरिकालाई नेपाल रोक्न सफल भएको हो ।

रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भएको थियो । आदिलको अलावा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहितकुमार पौडेल, आसिफ शेख र देव खनालले अर्धशतकीय पारी खेले । रोहितले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । ७२ बलको सामना गरेका रोहितले १ छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै ६१ रन बनाएका आसिफले ७० बलको सामना गर्दा ६ चौका प्रहार गरेका थिए भने ५४ रन जोडेका देव खनालले ६९ बलमा ३ चौका प्रहार गर्दै ५४ रनको योगदान गरे ।

डेब्युटेन्ट आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए । कप्तान सन्दीपले १० रन बनाए । आरिफ शेख ८, दिपेन्द्रसिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी शुन्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे । बलिङतर्फ अमेरिकाका रुष्टि थिरनले ४ विकेट निकाल्दा अलि खान र सौरभ नेत्रभाल्करले समान २÷२ विकेट आफ्नो नाममा लेखाए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले १/१ अंक तालिकामा थपेका छन् । यस खेलसँगै लिग–२ मा नेपालको १४ खेलबाट १३ अंक भएको छ । नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाको २२ खेलमा २१ अंक छ र अमेरिका तालिकाको चौथो स्थानमा छ । श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो भने अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानबिरुद्ध मंगलवार र अन्तिम खेलमा नेपालले अमेरिकाबिरुद्ध बुधवार खेल्ने तालिका छ ।