२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्रालयले शिक्षाको ‘स’ पनि उच्चारण गरेन- गिरिराजमणि पोखरेल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताउनुभएको छ । उनीहरुको सीपलाई उद्यमशीलता प्रवद्र्धनमा लगाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।”

उहाँले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्याङ्कसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गर्नुभयो ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो आफूले जान्न नसकेको उहाँले बताउनुभयो । उहाँले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो गर्नुभयो ।

“ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन”, खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उहाँले भन्नुभयो ।

पूर्वशिक्षामन्त्रीसमेत रहनुभएका नेता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको बताउनुभयो । उहाँले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन किन होला भनी प्रश्न गर्नुभयो ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उहाँले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उहाँले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्न आग्रह गर्नुभयो ।