१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह
अ अ+ अ-

काठमाडौं । मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । रोल।।। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसवर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् ।

यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुको आँकलन छ ।

त्यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्याउन सरकारलाई आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पु¥याउनुपर्ने बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

सचेतक भुसालले विगतका घटनाहरुबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताउनु भयो । सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले बाढी आउने ठाउँका बसोवासहरुलाई अन्यन्त्र सारेर भएपनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै खेती, बालिहरुलाई नोक्शान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रमहरु किसान समक्ष पुर्याउनुपर्ने अवस्था पनि हुन्छ । कतिपय पहिरोले घरहरु पुरिएर बिस्थापित हुनुपर्ने अवस्थाहरु छ । त्यसको तथ्यांकहरु र विगतको घटनाहरुलाई लिँदै आएर त्यो घटनाहरु फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रुपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ । तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरु गर्नुपर्ने हुन्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताउनु भयो । उहाँले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताउनु भयो । घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘विपद् व्यवस्थापन प्राधिकरण नै छ । सरकारको मातहतमा । त्यसो हुँदा तयारी गरेको होला भन्ने हो । सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ । तयारी आफ्नो ठाउँमा छ । खासगरी मनसुनबाट हुने क्षति अनुमान नै गर्न सक्दैनौँ । कमभन्दा कम क्षति हुनेगरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ ।’

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रुपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताउनु भयो । उहाँले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताउनु भयो । विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उहाँको भनाई छ । उहाँले सरकारले कुनै पूर्वतयारी नगरेको बताउनु भयो । सांसद पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रुपमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताउनु भयो । साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उहाँले स्थानीय तहलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हानेर हो । वातावरणीय प्रभावको मूल्यांकन छैन । जतापनि डाँडा कोतरेको छ । जतापनि करेसाबाट बाटो लगेको छ । हिउँदमा करेसाबाट बाटो खनेको छ । बर्खा घर गएको छ । त्यसकारणले यस्ताखालका विकास निर्माणका कामहरुमा पनि हामीले गम्भिरतापूर्वक छलफल गर्नुपर्छ । डोजरे विकासको अन्त्य गर्ने । सरकारले सचेतना फैलाउने । सरकारले बजेट पर्याप्त विनियोजन गर्ने । सरकारले तत्काल रेस्पोन्स गर्नका लागि रेस्पोन्स टिमहरु गठन गर्ने । पूर्वतयारी बिल्कुल देखिदैन । सरकार पूर्वतयारी गर्दैन । स्थानीय तहको बजेटको ७० प्रतिशत बजेट डोजरमा जान्छ । प्रत्येक स्थानीय तहले क्वीक रेस्पोन्सका लागि तयार गर्ने । स्थानीय तहले सामाजिक संघसंस्थाहरुसँग छलफल गर्ने । विपद् व्यवस्थापनका लागि एउटा टिम बनाउनु पर्छ । मेरो आग्रह, स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ । पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् । र त्यसमा बजेट पर्याप्त राख्नुस् ।’

त्यस्तै जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताउनु भयो । उहाँले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरुमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसमाप पूर्वतयारी थाल्नुपर्ने बताउनु भयो । उहाँले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायहरुलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नुनहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लामो समयको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले र भारतको मौसम विभागले, दक्षिण एशियाको मौसम विभागले जुन प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र काठमाडौंबाट पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेस प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ । यस वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ ।’

विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने बताउनु भयो । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताउनु भयो ।