१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

राजतन्त्रको एजेन्डा छोडे राप्रपा संग एकता: कमल थापा

राजतन्त्रको एजेन्डा छोडे राप्रपा संग एकता: कमल थापा
अ अ+ अ-

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजतन्त्र पुनःस्थापना हुने सम्भावना सकिएको बताउनुभएको छ । बुटवलमा राप्रपा नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले जनतालाई राजतन्त्र पुनःस्थापना हुन्छ भनेर अब भ्रममा पार्न नहुने भन्दै उहाँले आफ्नो पार्टीले राजतन्त्रको एजेन्डासमेत छाडेको बताउनुभयो । राजतन्त्रका लागि अब सती जान नसक्ने उहाँको भनाइ थियो । हिन्दू राष्ट्र पुनःस्थापना, लोकतन्त्र र राष्ट्रियता आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष थापाले राजेन्द्र लिङ्देनले राजतन्त्रको एजेन्डा छोडे आफ्नो पार्टी राप्रपासँग एकता गर्न तयार रहेको पनि बताउनुभयो ।

अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता वा हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार सकेसम्म सहमति कायम गरी संविधान संशोधन गरेर सनातन हिन्दू राष्ट्र घोषणा हुनुपर्छ, सहमति हुन नसके जनमत संग्रहमा जानुपर्छ ।

हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आफ्नो पार्टीले आगामी भदौदेखि देशव्यापी संघर्षको कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष थापाले मुलकुमा अब शासकीय स्वरुप र निर्वाचन प्रणाली फेर्नुपर्ने पनि बताउनु भयो ।

पत्रकार भेटघाटमा अध्यक्ष थापाले परम्परागत संसदीय व्यवस्थाबाट दुई तिहाइको बहुमत सरकार बनाउँदा पनि दलहरुले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार अब जनतनाबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्छ । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच, पाँच वर्षसम्म प्रधानमन्त्री र सरकार नटिक्ने जस्ता विकृति दोहोरिरहेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उपयुक्त हुने बताउनुभयो ।

अहिलेको मिश्रित निर्वाचन प्रणाली महँगो हुँदै गएकाले यसबाट भ्रष्टाचारलगायतका विकृतिसमेत देखिएको उहाँको भनाइ थियो । कम खर्चिलो निर्वाचन प्रणालीका लागि समानुपातिक निर्वाचन प्रणाली उत्तम हुने उहाँको तर्क थियो ।