८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मलेसिया भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी यु १९ महिला टि २० विश्वकप एशिया छनोट अन्तर्गत अहिले नेपालले घरेलु टिम मलेसियाको सामना गरिरहेको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा पहिला टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन बनायो ।

मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिने क्रममा नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन्, त्यस्तै आश्मा पुलामी मगरले २६, श्रृष्टि जैसी, सानु राजवंशी, अनु कडायतले समान ३ रन बनाउँदा, किरण कुमारी शुन्य रनमा पेभेलियन फर्किइन् । मलेसियाकी नुर सामेदले २ विकेट लिइन् । अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ ।