७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन
अ+ अ-

चितवन । तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य हुनुभएको हो ।विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नुभएका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल क्राउनमा पाँच/पाँच वर्ष व्यवस्थापकको भूमिकामा रहनुभयो ।

कोभिड बढेसँगै युनिक वाइल्ड रिसोर्टबाट ३२ वर्षको अनुभव अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृषि काम थाल्नुभएका उहाँ भन्नुहुन्छ, “अहिले म गोरखाको पालुङ्टारमा भँैसी, बाख्रा र खेतीपातीमै भुलिरहेको छु ।” देवकोटाजस्तै धेरैको रोजगारी कोभिडले खोसेको थियो । लामो समयसम्म अनुभव बटुलेका दक्षजनशक्ति विस्थापित हुँदा अहिले होटल सञ्चालनमा कठिनाइ भएको छ ।

क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई ४० प्रतिशत दक्ष जनशक्ति कोभिडसँगै विस्थापित भएको बताउनुहुन्छ । कतिपय विदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने दक्षजनशक्ति पाउनै मुस्किल भयो ।” अनुभवी कुक, वेटर, हाउस किपिङ, म्यानेजर, मालीजस्ता महत्वपूर्ण पदका कर्मचारी र मजदुर नपाउँदा होटल सञ्चालनमा नै कठिन भएको अध्यक्ष भटृराईको भनाइ छ । विभिन्न देशबाट आउने पर्यटकका लागि त्यसैअनुसारको खाना खुवाउनुपर्ने हुन्छ । भाषा पनि बुझ्नुपर्ने हुनाले सामान्य कर्मचारीलाई काम गर्न होटलमा कठिन हुन्छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे धेरैले पेशा नै परिवर्तन गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आवश्यकताअनुसार जनशक्ति पाउनै मुस्किल छ ।” धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको सङ्ख्या पनि ठूलै रहेको घिमिरेको भनाइ छ । सौराहाको स्थानीय एक विद्यालयमा सिटिइभिटीको डिप्लोमास्तरको होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ । केही होटलले त्यही जनशक्तिबाट काम चलाएका छन् । सङ्घकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङको पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायीहरु बताउँछन् । पूर्णरुपमा काम जानेका जनशक्ति पाउन नै कठिन हुने गरेको सबैको गुनासो छ ।

सङ्घका महासचिव गुणराज थपलिया राम्रो जनशक्तिलाई जति रकम दिन्छुभन्दा पनि पाउन कठिन भएको बताउनुहुन्छ । बीचको समयमा फेरि कोभिड आउँछ कि भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।” पहिले होटलमा काम गर्नेहरु दुई वर्षसम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागिसकेकाले फर्कन तयार नभएको महासचिव थपलियाको भनाइ छ ।

सौराहामा १२० होटल सङ्घमा दर्ता भएका छन् । ती होटलमा छ हजार ५०० भन्दाबढी बेड छन् । त्यहाँ पाँच हजार ५०० मजदुरले काम गर्दथे । अहिले झण्डै आधा हाराहारीले होटल धानिरहेका छन् । क्रमशः पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यतिबेला दैनिक ४०० हाराहारी पर्यटक थपिने गरेको सङ्घको अनुमान छ । कोभिडभन्दा अघि यो सङ्ख्या दुई हजार हाराहारी थियो । व्यवसायीहरु अब क्रमशः पर्यटक बढ्नेमा विश्वस्थ छन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु र समुदायमा थारु संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहाका होटलमा ती पर्यटकका लागि अधिकांश स्थानीय मजदुर कर्मचारीलाई रोजगारी दिने गरिएकाले कम पारिश्रमिकमा काम लगाउन सकिने गरिएको थियो । स्थानीयवासीलाई घरपायक हुँदा कम तलबमा काम गर्दा पनि समस्या हुँदैनथ्यो । रासस