७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

सुन्तला र काँक्रामा औसा कीराको प्रकोप

सुन्तला र काँक्रामा औसा कीराको प्रकोप
अ+ अ-

बलेवा । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स–साना दानामा कीराको सङ्क्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको प्राविधिक समूहले किसानका बारीमा पुगेर सुन्तलामा औसा कीराको सङ्क्रमण सुरु भएको पहिचान गरेको हो ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ सर्कुवाका केही किसानले व्यावसायिक रुपमा सुन्तलाको उत्पादन गर्दै आएका छन् । “किसानले सुन्तला झर्ने समस्या बताउनुभएको थियो, हामीले जाँच गरेर हेर्दा औसा कीराको सङ्क्रमण भेटाएका छौँ”, कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले भन्नुभयो “तत्काल उपचार गर्न सुझाएका छौंँ, समयमा बिरुवा र दानामा उपचार गरे समस्या समाधान हुन्छ ।”

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । कृषि ज्ञान केन्द्रले आवश्यक उपचारका लागि विषादी निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

“यो समस्या जिल्लाका अन्य सुन्तला बगानमा पनि हुनसक्छ, हामी नियमित अनुगमन गछौँ”, पुनले भन्नुभयो, “सर्कुवाको सुन्तलाको समस्या सामाधानका लागि पुनः त्यहाँ प्राविधिकको समूह पुग्ने छ ।” मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ कार्यक्रमअन्र्तगत ज्ञान केन्द्रले साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरेर सर्कुवामा एक दिने बाली उपचार शिविर सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यहाँ पुगेका प्राविधिकले समस्या देखिएका बालीमा विभिन्न विधिको प्रयोग गरे जाँच तथा पहिचान गरेका थिए । सर्कुवामा किसानले लगाएको काँक्रामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको पुनले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको पुनले बताउनुभयो ।

“अहिले औषतमा वर्षा भइरहेकाले फौजी कीरा फैलाउन पाएको छैन्, तर ठूला बोट भएको मकैमा कीरा लागिसकेको छ”, उहाँले भन्नुभयो, “नियमित वर्षा नभए एक दुई दिनमा नै मकैको विनाश गर्छ ।” कृषि ज्ञान केन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । गोलभेडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका छन् ।

सर्कुवाका ३४ किसानले खेतबारीमा लगाएका नगदे, खाद्यान्न तथा फलफूलमा रोग तथा कीराको सङ्क्रमणका विषयमा प्राविधिक समूहले खोजी गरेको थियो । किसानले लगाएको बहुवर्षे केराबालीमा पनि गुबो मर्ने घुन कीराको सङ्क्रमण देखिएको ज्ञान केन्द्रले जनाएको छ । “समयमा उपचार गरे बालीमा लाग्ने रोग तथा कीराको सङ्क्रमण निदान गर्न सकिन्छ”, पुन भन्नुहुन्छ, “आफ्नो बालीमा समस्या देखिँदा नजिकैको कृषिसँग सम्बन्धित कार्यालय वा कृषि ज्ञान केन्द्रमा खबर गर्न भनिरहेका छौँ ।”