९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने



अ+ अ-

जिनान । विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ । आयोजकले शुक्रबार दिएको जानकारी अनुसार,  यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ। प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वारा सञ्जालन हुने आयोजकले जनाएका छन् । 

करीब १,००० नयाँ डिजाइन र नवप्रवर्तन उद्यमशीलताका विषयमा स्वदेश तथा विदेशबाट उद्यमीहरूले सहभागीता जनाउने अपेक्षा गरिएको छ। ती प्रदर्शनीहरूमा एयरोस्पेस, स्मार्ट कार, इन्टिलिजेन्ट रोबोर्ट लगायतका क्षेत्र र विषय समेटिने छन् । 
    
यस किसिमको सम्मेलन २०१६ देखि हालसम्म चार पटक आयोजना गरिएको छ जसमा ४६ देशहरूले सहभागीता जनाएका छन् ।उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारी वाङपेङका अनुसार सम्मेलन थुप्रै उद्योगी, व्यवसायी र डिजाइनरहरूका बीच प्रतिभा र सहयोग को आदान(प्रदान गर्ने एक मञ्चको रूपमा आकर्षित गर्न सफल भएको छ ।