१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार गोविन्द पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार



पत्रकार गोविन्द पोखरेल
पत्रकार गोविन्द पोखरेल
अ+ अ-

काठमाडौँः नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार पोखरेल हाल कान्तिपुर पब्लिकेशनमा कार्यरत हुनुहुन्छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२१ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका उपाध्यक्ष चन्द्रशेखर कार्की र विज्ञ सदस्य जुद्ध बहादुर गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहले बताएको छ ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२१’ पाउने उहाँ ३५ औँ पत्रकार हुनुहुन्छ । पुरस्कारको राशि रु. २५ हजार रहेको छ ।