१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत



अ+ अ-

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । 

त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ः३० बजे बस्नेछ ।