१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ ।

निर्जीवन बीमा ५९.२७ अङ्कले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ । यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अङ्कले ओरालो लागेको छ । होटल १७.०१ अङ्कले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो ।

यस्तै ग्लोबल आइएमई बैंकको रु पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिद–बिक्री भयो । बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए ।

यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए । ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए ।