१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् । बिरामी भएपछि उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। आइतबार दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरु बिरामी भएका थिए । बिरामी भएलगत्तै उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको थियो ।