© 2023
गोरो पार्ने क्रिममा मिसाइएको मर्करीले छालामा विभिन्न समस्या ल्याउँछ । विश्व स्वास्थ्य संघका अनुसार मर्करीले मिर्गौला बिगार्ने, रोग–प्रतिरोधात्मक क्षमता घटाउने, रगतको कमी गराउने, गर्भवती महिलाको गर्भपतनसमेत गराउन सक्नुका साथै यसले बच्चाहरुको मस्तिष्कको विकासमा पनि घातक असर पार्न सक्छ । अहिले नेपालमा रसायन मिसाएको तरकारीहरु खानुहुँदैन भन्ने धेरैले बुझिसकेका छन् ।