२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित

दमौली । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो । शाखाको आज आयोजित अधिवेशनका अवसरमा पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ ।