२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित



अ+ अ-

दमौली । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो ।

शाखाको आज आयोजित अधिवेशनका अवसरमा पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।

त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।

यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । अधिवेशनले युनियनको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो । रासस