© 2023
खोटाङ। सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।