© 2023
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रुपमा उहाँको जन्म विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहनुभएका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।