© 2023
काठमाडौँ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ । एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् । शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै गुणस्तरीय शिक्षा सबै विद्यार्थीसम्म पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको