© 2023
बेरुत। लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले यसै वर्ष जनवरीमा लेवनानको राष्ट्रपतिका रूपमा सपथ गर्नुभएको थियो । रियाद र वासिङ्टनको समर्थनप्राप्त पूर्व सेना प्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।