© 2023
खोटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा सो विमानस्थल कालोपत्र गरिएको थियो । तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले परीक्षण उडानको उद्घाटन गर्नुभएको हो