१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले चुनावकेन्द्रित एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।