• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
चोटका कारण ललितले एसियाली खेलकुद गुमाउने

काठमाडौं । हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झड्का लागेको छ । नेपालका बायाँ हाते स्पिनर ललित नारायण राजवंशी घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका हुन् ।