२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको, प्रमुख बालेन्द्र शाह (बालेन) का प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिनुभयो । अर्यालले सिङगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएको छ