© 2023
काठमाडौं। जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी रहेका छन् । उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको