२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

गलेश्वर । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहोर्याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताउनुभयो ।